फाइल फोटो

राजनीति

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

By खबरहब

February 02, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुनेछ।