फाइल फोटो

राजनीति

राष्ट्रियसभा उपाध्यक्षका उम्मेदवारी दिने कांग्रेसको निर्णय

By खबरहब

February 02, 2023

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ । उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो ? त्यो भने कांग्रेसले अझै खुलाएको छैन ।

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुँदैछ ।