समाचार

बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु, बसमा आगजनी

By खबरहब

February 02, 2023

काभ्रे- नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। 

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो।  घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। 

यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।