अपराध

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

By खबरहब

February 02, 2023

भक्तपुर– भक्तपुर सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुरको बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । 

उनका अनुसार बुधबार साँझ ६ बजे  मुगु घर भई हाल काठमाडौँ थानकोट बस्ने १५ वर्षीय बालिकालाई बलात्कार गरेर फरार भएका भक्तलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

साथै मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप हुम्ला अदानचुली गाउँपालिका-३ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

गगन परियारलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।