नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटिको बैठक । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

माओवादी बैठक : रास्वपाले धैर्यता गर्नुपर्छ

By खबरहब

February 02, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने।

प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णीत भएको र बैठक भोलि फेरि बस्ने महराले बताए।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए। रास्वपाको केन्द्रीय  समिति र संसदीय दलको बैठक बसिरहेको छ ।