खेलकुद

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश

By खबरहब

February 02, 2023

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो ।

निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । 

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए ।