फाइल तस्बिर

देश/प्रदेश

नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने

By खबरहब

February 02, 2023

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने बताएका छन् ।

सुर्खेतका पत्रकारहरूसँगका आज वीरेन्द्रनगरमा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकको सेवा सुविधाका लागि निःस्वार्थ ढङ्गबाट कर्तव्य पालना गर्ने जनाए।

“नागरिकको हितमा हुने सेवा प्रवाहका लागि कार्यालयको कार्यसम्पादन सक्षमता र प्रभावकारिता दुवै सुदृढ गर्छौँ”, प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, “यसमा पत्रकार जगत्को सकरात्मक भूमिका आवश्यक छ ।”

सुर्खेतमा चुनौतीका रूपमा देखापरेको लागुऔषध तथा अन्य सामाजिक अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । कानुनको परिधिमा रहेर पत्रकारलाई सूचना प्राप्तिमा सहज बनाउने भन्दै प्रजिअ सापकोटाले पत्रकारलाई सत्य, तथ्य समाचार सम्प्रेषण गरी नागरिकको अधिकार रक्षाका लागि सहयोग पु¥याउन आग्रह गरे ।