फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण आज  

By खबरहब

March 02, 2023

काठमाडौँ – राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदहरूलाई आज प्रशिक्षण दिइने भएको छ ।

रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षणमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुन भनिएको छ ।

कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे प्रशिक्षण सुरु हुनेछ ।

प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछ।