फाइल फोटो

आर्थिक

सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी स्थिर

By खबरहब

March 02, 2023

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रुपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।