फाइल तस्वीर

क्रिकेट

यूएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य

By खबरहब

March 02, 2023

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा  रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । 

नेपालका लागिसन्दीप लामिछानेले ३,  करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जबाफी ब्याटिङ गर्दै छ ।