ब्रेकिङ स्टोरी

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

By खबरहब

April 02, 2023

काठमाडौँ- राहदानी विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

युवराज पौडेल सफलले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगबारे मुद्दा नचलाउने निर्णय गरेका थिए ।

रिटमा तथ्यगत रुपमा पुष्टि भएको विषयमा पनि महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तासमेतले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्धाको निष्पक्ष रुपमा अनुसन्धान गरी मुद्दा चलाउनू भनी विपक्षीका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।