देश/प्रदेश

फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

April 02, 2023

काठमाडौँ- फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने सुरेश लोहनीको छोरा २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो ।

उनीमाथि अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिएको आरोप लगाइएको छ । उनले फेसबुक समेत ह्याक गरी हैरानी दिएको र महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।