फाइल तस्वीर

ब्रेकिङ स्टोरी

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

By खबरहब

May 02, 2023

बुटवल – लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् ।

बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन ।

‘प्रदेशसभा नियमावली २०७९ को नियम १४५’ अनुसार उनले विश्वासको मत लिनेसम्बन्धी पत्र गत आइतबार प्रदेशसभामा दर्ता गराएका थिए ।

सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसकेर गत बिहीबार ढले पछि माओवादी केन्द्रलगायतका दलको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक  समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन।

विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने र नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका छन् ।