क्रिकेट

एसीसी प्रिमियम कप : नेपाल र युएईको बाँकी फाइनल खेल सुरु

By खबरहब

May 02, 2023

काठमाडौँ – नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरु भएको छ ।

एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल वर्षाका कारण रोकिन पुगेको बाँकी खेल पुरा गर्नका लागि आज पुनः खेल सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो । आजको खेल त्यहीबाट सुरु भएको छ ।