फाइल फोटो

राजनीति

उपेन्द्र यादवले आज सांसदको शपथ लिने

By खबरहब

May 02, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार कानुन समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ गराउने कार्यक्रम तय भएको छ ।

उपनिर्वाचनबाट विजयी अन्य दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिएर संसद् बैठकमा उपस्थित भइसकेका छन् ।