अवार्ड

‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि सन्नीलाई 

By खबरहब

May 02, 2023

काठमाडौं– बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’ मा  ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् ।

विवाहित महिलाहरूको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरू प्रतिस्पर्धी थिए ।

बेलायतबाटै उनले ‘मिसेस युनिभर्स २०२२’ सहभागिता जनाएकी थिइन् । हाल काठमाडौंमा रहेकी सन्नीलाई नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलले सम्मान गरेको छ ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा  १७ जनालाई उछिनेर सन्नीले शीर्ष उपाधि जितेकी थिइन् । 

काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा ब्युटी सम्बन्धी व्यवसाय छ ।