फाइल फोटो

खेलकुद

एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस् : रबि लामिछाने

By खबरहब

May 02, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरू नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । 

 एसीसी प्रिमियम कप क्रिकेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल विजय भएकोमा बधाई दिँदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पहल गर्नुपर्ने जनाएका हुन । 

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका छन्, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस्। नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’ 

नेपालले आज युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको विजेता बनेको थियो ।