फाइल तस्बिर

राजनीति

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा बधाई ज्ञापन 

By खबरहब

May 02, 2023

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेकी छन्  ।    

उनले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेलप्रेमीहरूलाई खुसी तुल्याएको जनाएकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको पनि उनको सचिवालयले जनाएको छ ।   

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।