ब्रेकिङ स्टोरी

रवि लामिछानेका ड्राइभर थापाको उपचारको क्रममा निधन

By खबरहब

May 02, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन भएको छ । 

चितवनस्थित रविकै घरको छतबाट खसेर घाइते भएका थापाको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो साढे एक निधन भएको हो । 

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । 

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।