आर्थिक

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

By खबरहब

May 02, 2023

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने भएको छ । चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९-८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । 

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२-२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।