ब्रेकिङ स्टोरी

तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलन गर्ने चेतावनी 

By खबरहब

May 02, 2023

काठमाडौं– नेपाल बार एसोसियसन अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । 

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोलनमा उत्रिएको बारले मंगलबार तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । सोही क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् । 

लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा चलेको भन्दै बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै आएको छ । तर, प्रधानन्यायाधी नियुक्ति प्रक्रियाअघि नबढाएको भन्दै बार अध्यक्ष घिमिरेले जारी आन्दोलन एक हप्तासम्म रहने र माग पूरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए । 

‘संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर’ जस्ता लेखिएका प्लेकार्डसहित कानुन व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् ।