समाचार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

By खबरहब

May 02, 2023

रुपन्देही – लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको जानकारी गराए । यसअघि लुम्बिनी प्रदेशसभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए ।