सांकेतिक तस्वीर ।

देश/प्रदेश

कञ्चनपुरमा एक बालकको मृत्यु

By खबरहब

June 02, 2023

कञ्चनपुर– कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को मृत्यु भएको हो ।

आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बयल गाडाको अगाडिको भाग उठ्नलाई पछाडिको भागमूनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।