फाइल फोटो

ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ अभियुक्तको बयान 

By खबरहब

June 02, 2023

काठमाडौँ– काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका १८ जनासँग बयान लिएको छ ।

 जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो ।

आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

अदालतले शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।