देश/प्रदेश

प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

By खबरहब

June 02, 2023

काठमाडौँ – नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धीमुलक रहेको बताएको हो ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको र मोदीले सकेसम्म छिटो र उचित समयमा नेपाल आउने बताएको विज्ञप्तीमा उल्लेख छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेका थिए । दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा पनि छलफल भएको छ । हवाई रुटको विषयमा भारतले सकारात्मक जवाफ दिएको उल्ले गरिएको छ ।