फाइल तस्वीर

ब्रेकिङ स्टोरी

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

By खबरहब

July 02, 2023

काठमाडौँ– श्री एयरलाइन्सले आज आफ्ना सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको हो । उनका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

भोलिदेखि भने सबै उडान नियमित हुने जनाइएको छ ।

हिजो काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।