देश/प्रदेश

लुम्बिनी प्रदेशसभा बैठक बस्दै 

By खबरहब

July 02, 2023

दाङ– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश गरेको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा बैठक चल्नेमा भने आशंका रहेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । जसका कारण बजेट माथि सांसदहरूको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आह्वान गरिएको भए पनि विवाद कायमै रहेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।