फाइल फोटो

ब्रेकिङ स्टोरी

‘ठूला व्यापारीलाई अर्बौँको ऋण दिने, गरिबलाई एक लाख ऋण दिन धितो चाहिने ?’

By खबरहब

July 02, 2023

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले बैङ्कहरू व्यापारी केन्द्रित भएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले ठूला व्यापारीहरूले अर्बौँको ऋण पाए पनि गरिबले एक लाखसम्म नपाउने बताएका हुन्  ।

एकै ठाउँको ठूला व्यापारीले अर्बौँमा ऋण लिने र त्यही गाउँको गरिबलाई एक लाख ऋण दिन बिना धितो ऋण नदिने उनले बताए ।

उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताए ।

बैङ्कको यही कारण उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको बताउँदै यसका लागि बैङ्कले गाउँ-गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनको भनाइ छ ।