सांकेतिक तस्बिर

देश/प्रदेश

 उदयपुरमा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

July 02, 2023

उदयपुर- उदयपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।