तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

फ्रान्समा दङ्गा जारी, थप ७१९ जना पक्राउ

By खबरहब

July 02, 2023

पेरिस- प्रहरीले एक जना युवकको हत्या गरेको विषयमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ । यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा कार जोतेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन्– प्रदर्शनकारीहरूले आगो लगाउनुअघि घरममा गाडी जोते, सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’

यसैबीच, फ्रान्समा जारी दङ्गाका क्रममा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।