फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सरकारमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

By खबरहब

July 02, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुने आग्रह गरेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्दै सरकारमा सहभागी हुन राउतलाई प्रधानमन्त्री प्रचण्डले भनेका हुन् ।

जवाफमा अध्यक्ष राउतले पार्टीभित्र छलफल गरेर जानकारी दिने बताएका छन् ।