ब्रेकिङ स्टोरी

कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि हट्दैन : एमाले अध्यक्ष ओली

By खबरहब

July 02, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताएका हुन् । कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

उनले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसंग बुझ्न नपाएको उल्लेख गरे ।