फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल भएको छैन : अध्यक्ष ओली

By खबरहब

July 02, 2023

काठमाडौँ- नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

संघीय संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुराकानी नभएको स्पष्ट पारेका हुन् । उनले एमालेसँग कुराकानी गर्न कांग्रेसका शीर्ष नेताहरु डराइरहेको समेत टिप्पणी गरे ।

कांग्रेससँग कुनै हिमचिम नभएको र कांग्रेसका नेताहरुसँग फोनमा पनि कुरा नभएको उनको भनाइ छ । भेट्दा हाइहेलो मात्रै भइरहेको उनले बताए ।

कुराकानीका क्रममा उनले ललिता निवास प्रकरणका विषयमा आफूले राम्रोसँग बुझ्न नपाएको उल्लेख गरे ।