सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

By खबरहब

July 02, 2023

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको हो ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।