सांकेतिक तस्वीर ।

अपराध

कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

July 02, 2023

धनगढी – कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।