ब्रेकिङ स्टोरी

क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै अनेरास्ववियुको टर्चलाइट जुलुस

By खबरहब

August 02, 2023

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्चलाइट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुस नयाँबानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।