समाचार

बागमतीमा र्‍याफ्‌टिङ र्‍याली आयोजना

By खबरहब

September 02, 2023

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा र्‍याफ्टिङ र्‍याली आयोजना गरिएको छ । 

जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्‍याफ्‌टिङ र्‍याली निकालिएको हो ।

प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए, जसमा  काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाको प्रतिनिधित्व रहेको थियो ।

र्‍याफ्‌टिङ खेलको प्रवर्द्धन एवं बागमती नदीलाई स्वच्छ राख्नका लागि र्‍याफ्‌टिङ र्‍यालीको आयोजना गरेको आयोजकले जनाएको छ ।