तस्विर- एनआई

अन्तर्राष्ट्रिय

सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए

By खबरहब

September 02, 2023

इस्लामावाद– पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्कवादी मारिएका छन् । सुरक्षा बलले शुक्रबार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्कवाद विभागले जनाएको छ । 

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ । 

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो । साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी-अतिवादी सङ्घसंगठन सक्रिय छन् ।