अन्तर्राष्ट्रिय

सूर्यको अध्ययन गर्न आदित्य एल-१ अन्तरिक्षमा

By खबरहब

September 02, 2023

नयाँदिल्ली– चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल-१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । 

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल-१ प्रक्षेपण गरिएको हो । 

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल-१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ । 

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले  सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन् । सूर्ययान सफलतापूर्वक प्रक्षेपण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताए ।