राजनीति

अध्यक्ष ओली पत्नी राधिकाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन

By खबरहब

September 02, 2023

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन् । 

ओली दम्पती भैरहवाको मानव सेवा आश्रममा पुगेर आज जन्मदिन मनाएका हुन् । शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् ।

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भनेका छन् ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका । आज उनको जन्मदिन  । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका !’