अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 02, 2023

आज भदौ १६ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ ।

चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।

इसरोले आफ्नो एक्स अकाउन्टमार्फत उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ ।

तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरू रेकर्ड गरिरहेको छ ।

इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ– चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण क्ष्लकतचगmभलत ायच तजभ ीगलबच क्भष्कmष्अ ब्अतष्खष्तथ ९क्ष्ीक्ब्० ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।

सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतीत हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार ९क्ष्ीक्ब्० को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरूका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो ।

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले नेता खानलाई भेट्नबाट रोकेको हो ।

कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग भेट गर्न नदिइएको हो । अदालतले नेता खान र उनका छोराहरूबीच टेलिफोनमा कुराकानी गर्न दिएको अनुमतिको पनि जेलका अधिकारीहरूले अवज्ञा गरेका उनले बताएका छन् ।

इस्लामावाद उच्च अदालतले मंगलबार नेता खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर गोप्य सरकारी दस्तावेज सार्वजनिक गरेको अभियोगमा उनलाई जेलबाट मुक्त गर्नुअगावै न्यायिक हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न विशेष अदालतले आदेश दिएको थियो । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार नै उल्ट्याइएको थियो ।

सूर्यको अध्ययन गर्न आदित्य एल-१ अन्तरिक्षमा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान(३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल(१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल(१ प्रक्षेपण गरिएको हो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल(१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन् । सूर्ययान सफलतापूर्वक प्रक्षेपण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताए ।

सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्कवादी मारिएका छन् । सुरक्षा बलले शुक्रबार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्कवाद विभागले जनाएको छ ।

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ ।

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो । साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी(अतिवादी सङ्घसंगठन सक्रिय छन् ।

आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी आदिवासी जिल्लामा आतंकवादीसँगको गोली हानाहानमा पाकिस्तानी सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको छ ।

खैवर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिक ए तालिवान पाकिस्तान ९टीटीपी० आतंकवादी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएको हो।

उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मियाँ शाहमा शुक्रबार सेनाका जवानहरू गुप्तचर सूचनाको आधारमा खोजीका लागि त्यहाँ पुग्दा भिडन्त भएको थियो। घटनामा जारी विज्ञप्ति अनुसार आतंकवादीहरूले सेनाका जवानहरूलाई आक्रमण गरेपछि दुई समुहबीच गोली हानाहान भएको थियो।

यस भिडन्तमा सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको थियो । मुठभेडमा एक आतंककारी पनि मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

सेनाले वजिरिस्तानमा आतंकवादलाई समाप्त गर्न अपरेशन चलाइएको बताएको छ। बिहीबार टीटीपी समूहले सेनामाथि गरेको आक्रमणमा नौ सैनिकको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

प्रधानमन्त्री मोदीले भेटे चेसका प्रतिभाशाली खेलाडी प्रगन्नानन्धालाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका लागि बधाई दिएका हुन् । मोदीले प्रगन्नानन्धालाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए ।

उक्त भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहित ट्विट गरेका छन्, ‘अत्यन्तै विशेष आगन्तुक । तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ। भारतका युवाले हरेक क्षेत्रमा कसरी उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने कुराको तिमी गतिलो उदाहरण हौ । हामी गौरवान्वित छौँ ।’मोदीले प्रगन्नानन्धा र उनको आमा-बुवासँग खिचेको तस्बिर पनि पोष्ट गरेका छन् ।

प्रगन्नानन्धा विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई हराउँदै दोस्रो भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको उपलब्धिको चर्चा सुरु भएको थियो । विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए ।

तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएका थिएनन् । अन्तिम समयसम्म उनले कार्लसनलाई कडा चुनौती दिएका थिए । अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् ।

प्रगन्नानन्धाको प्रशंसा गर्दै कार्लसनले भनेका थिए, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै सँघर्ष गनुपर्‍यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’ प्रगन्नानन्धाको जन्म तमिल नाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो ।