क्रिकेट

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

By खबरहब

September 02, 2023

काठमाडौँ – एसिया कप क्रिकेटमा भारतले पाकिस्तान सामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अल आउट हुँदै २६६ रन बनायो ।

भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ईशान किशनले ८२ रनबनाए। खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरे ।

भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनको योगदान गरे । प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।  त्यस्तै नसिम शाह र हरिस रौफले तीन/तीन विकेट लिए ।