ब्रेकिङ स्टोरी

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

By खबरहब

September 02, 2023

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत बालेनले यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’