सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

October 02, 2023

धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ घुएराबाट लागूऔषधसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय जयकिसन चौधरी रहेका छन् । चौधरीको साथबाट ८६० मिलिग्राम लागूऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।