अन्तर्राष्ट्रिय

रुसको त्रासमा हुर्कँदै युक्रेनका बालबालिका

By मनोज घिमिरे

November 02, 2023

बिहानको झिसमिसेमा रेल स्टेसनमा प्रवेश गर्दा अझै अँध्यारो थियो। राहत सामग्री वितरणमा खटिनेहरू यत्रतत्र थिए। रेलको ढोका खोलिएपछि दुई साना बच्चाहरू देखिए। सानो क्यारी ओटमा उनकी आमाले सावधानीपूर्वक उनलाई त्यहाँबाट बाहिर ल्याइरहेकी थिइन्। यिनीहरू युक्रेनका पछिल्ला युद्ध आप्रवासी हुन्।

गत साता अधिकारीहरूले फ्रन्टलाइनका नजिक रहेका ३१ गाउँका बालबच्चालाई त्यहाँबाट बाहिर जान निर्देशन दिएका छन्। रेलले डोन्सटेकबाट तुलनात्मक रूपमा सुरक्षित ठहरिएको पश्चिमका धेरै स्थानमा मानिसलाई ओसार पसार गरी रहेको छ।

ती सुरक्षित ठहरिएका स्थानको ठ्याक्कै पहिचान भने छैन। रुसको आक्रामक जत्था डोन्सटेकका प्रवेश गर्नुका साथै खेर्सनमा फेरि युद्ध गर्ने नीति लिएपछि अधिकारीले यो निर्णय गरेका हुन्।

तीन जना टिनएजर टोलाएर हेरिरहेको दृश्य साँच्चै भावुक बनाउने खालको थियो। घअन्तिम पटक सेलमा गरिएको आक्रमणले हाम्रो घरलाई समेत क्षति गरेको थियो। हामीले यो पीडा सहेको १० औं पटक हो’ ती बच्चाकी आमाले भनिन्।

स्वयंसेवकहरू शरणार्थीको रूपमा जानेहरूको झोला प्याक गर्दै थिए। साथै अन्य सहयोगी त्यहाँ पुग्नेलाई स्टेसनसम्म पुग्नका लागि सहयोग गरिरहेका थिए। लीलीया माइखालीकले बताए अनुसार उनीहरूको परिवार त्यसै गाउँको अर्को अपार्टमेन्टमा सरेका थिए। तर, त्यहाँ पनि विद्युत् र सञ्चार संयन्त्र ध्वस्त भए पछि समस्या थपिएको थियो।

यसले छोरीको स्कुलको अनलाइन कक्षालाई समेत प्रभावित गरेको थियो। उनका श्रीमान् आफ्नो बाबु र आमासँगै बसेका छन्। यी दुवैले सो स्थान छाड्न मानिरहेका छैनन्।

लीलीयालाई आफ्नो परिवारको भविष्य अनिश्चित लागेको छ। उनी अन्धाधुन्ध त्यहाँ पुगेको बताएकी छिन्। सो परिवार आफू पुग्ने स्थानमा जानका लागि बस कुरी रहेको स्थानमा स्वंयसेवकले कफीको व्यवस्था गरेका छन्।

सुरक्षित स्थानसम्म जानका लागि पैसाको सहयोग गर्नु अघि नै युक्रेनले आप्रवासीका लागि जान लागेको सबैलाई यात्रा खर्चको व्यवस्था गरेको छ। वयस्कका लागि ४५ अमेरिकी डलर प्रदान गरिएको छ। यसैगरी, बच्चा र अन्य असक्तका लागि ७० डलर दिइएको छ।

वयस्कले आवश्यक स्थानमा कामको जोहो पनि गर्न सक्छ भनेर सो रकमको व्यवस्था गरेको हो। यो कुरा प्रस्ट भन्न कोही पनि सकिरहेका छैनन्। तर, सत्य के हो भने यसरी घर छाड्ने कतिपयले फेरि घर नदेख्न पनि सक्छन्। यसै कारण प्रत्येक दिनको समस्या सहेर पनि धेरै जना घर छाड्न मानिरहेका छैनन्।

यिनलाई मनाउन पाब्लो डेभचेन्को सक्रिय छन्। उनी ह्वाइट एन्जल स्पेसल प्रहरी युनिट भनिने एउटा सङ्गठनका सदस्य हुन्। यसले मानवीय सहयोग गर्ने गरेको छ भने अप्ठेरो परेको मानिसहरूलाई त्यहाँबाट बाहिर निकाल्ने काम पनि गर्ने गरेको छ।

रुसले लगातार आक्रमण गरेपछि उनी हरेक कुरा जत्ति सक्दो चाँडो गर्नु आवश्यक रहेको बताउँछन्। परिवारसँगै बच्चाहरूलाई बाहिर निकाल्न साँच्चै कठिन भएको छ। हरेकले कारमा खेलौनाको सुरक्षा गर्नु परेको छ।

यी नै मध्येकी एक जना १० वर्षीया भारभरा हुन्। उनी विद्यालयको अगाडिको बेन्चमा ल्यापटपसहित बस्ने गरेकी छिन्। घरमा रहेर पनि उनले ल्यापटपबाट अनलाइन कक्षा लिइरहेकी छिन्।

भारभरा आमा आर्यना र हजुरआमा स्भिटलानासँग डोन्सटेक क्षेत्र छाडेर कोस्ट्यान्टीन्कीभामा पुगेकी हुन्। उनीहरूले त्यहाँ भान्छा कोठा र बाथरुम अन्यसँग साझेदारी मै प्रयोग गर्ने गरेका छन्।

उनीहरू त्यहाँ बस्न त मन्जुर थिए। तर कताकता आँखाबाट आँसु झरी रहेका थिए। उनीहरू घर जान चाहन्थे। उनीहरू यी सबै कुराको अन्त्य चाहन्थे। भारभवाको अनुहारमा एक किसिमको पीडा छछल्किएको थियो।

रुस र युक्रेनको युद्ध भएको लामो समय भइसकेको छ। लामो समयमा युद्धले विभिन्न चरण पार गरेको छ। युद्धको सुरुवातमा रुसले गरेको मानवीय अपराधका कारण त्यहाँको जनजीवन नै प्रभावित भएको थियो। अस्पताल, प्रसूति गृह र वृद्धाश्रममा आक्रमण भएको थियो। त्यो दर्दनाक अवस्था बाट पछिल्लो समय युक्रेनले थुप्रै स्थानमा आफ्नो भूमि फिर्ता गरेको छ।

युक्रेनले फ्रन्टलाइनमा गरेको आक्रमणका कारण रुसले पनि नयाँ नीति लिएको थियो। अहिले डोन्सटेक र खेर्सनमा फेरि युक्रेनका लागि समस्या पैदा भएको छ। यो समस्याबीच युक्रेनले बेसमेन्टमा बच्चालाई राख्न कठिन समय रहेको बताएको छ।

त्यो निर्णयपछि युक्रेनले घरघरमा प्रहरी पठाएर सामान ओसार्न र बच्चालाई सुरक्षित रूपले अन्यत्र लैजान सहयोग गरेको हो। उनीहरूलाई कन्भीन्स गर्ने काममा पनि प्रहरी धेरै सक्रियताका साथ लागि परेका छन्। अहिलेको कठिन अवस्थाले बच्चाको भविष्य अनिश्चित लागे पनि युक्रेन सरकार यो मान्न तयार छैन।

युक्रेन सरकार कुनै पनि हालतमा बच्चाको सुरक्षित वर्तमान र भविष्यको बारे नचुक्ने कुरामा प्रतिबद्ध छ। सरकाले सुरक्षित स्थानमा नै नर्सरी र विद्यालयको अध्ययनको तयारी भएको जनाएको छ। स्रोतः बीबीसी