खेलकुद

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

By खबरहब

December 02, 2023

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ ।

गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो ।

अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए ।

यो जितसँगै अपराजित रहेको अल हिलाल १५ खेलबाट ४१ अंकका साथ शीर्षस्थानमा यथावत छ । अल हिलालले १५ मध्ये १३ खेलमा जित र दुई खेलमा बराबरी गरेको छ । पराजित भएको अल नासर समान खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ ।