फाइल फोटो

अन्तर्राष्ट्रिय

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास

By खबरहब

December 02, 2023

गाजा – गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ।

गाजा पट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले विशेषगरी खान युनिसलाई लक्षित गर्दै दर्जनौं घरहरू ध्वस्त  पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।