समाचार

रोजगारी सिर्जना गर्न नसक्नु अर्थतन्त्रको ठूलो समस्या हो : घनश्याम भुसाल

By खबरहब

December 02, 2023

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सबैभन्दा ठूलो समस्या भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध बिषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताएका हुन् । उनले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र मान्छे बन्ने कुरा भएको धारणा राखे ।

नेपाल मुक्ति पार्टी बनाउने तर रोजगारी सिर्जना नगर्ने व्यवस्थालाई कायम राखे झनै फस्ने उनले बताए । भुसालले राज्यसत्तामा रहेका र प्रमुख भनिएका दलहरुले भन्दा रवि लामिछाने र दुर्गा प्रसाई चर्चामा आएपछि मुलुकको अर्थतन्त्रको संकटका बारेमा जनतालाई बुझ्न सजिलो भएको जिकिर गरे ।

उनले मुलुकको राजनीति, आन्दोलन, पुराना पार्टीहरु र यसभित्रको ज्ञान उत्पादनको तरिका डरलाग्दो रहेकाले धेरै कुरा फेर्न जरुरी रहेको धारणा राखे ।