समाचार

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

By खबरहब

December 02, 2023

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।

महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् ।

गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको र ओरालो लागेको उनले बताए । उनले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाए । ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली—मेची अभियान गरिएको जिकिर गरृ ।

उनले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए ।