फाइल तस्वीर

ब्रेकिङ स्टोरी

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक 

By खबरहब

January 03, 2023

काठमाडौं– नेपाली कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनित भएका छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट लेखक निर्वाचित भएका थिए ।